नुवाकोटको ककनी गाउँपालिका वडा-७ को हाइटेन्सन लाइनमा चढेको प्रेम बिक अहिले लिखु गाउँपालिका पुगेका छन्। बिक तारतारै हिँडिरहेको स्थानीय प्रत्यक्षदर्शी जयबहादुर तामाङले नेपालखबरलाई जानकारी दिनु भयो ।
तामाङका अनुसार बेलकोटगढी नगरपालिकाका वासिन्दा प्रेम बिक हुन्। उनलाई माइला भनेर चिनिन्छ। उनी बिहान १० बजे पोलमा चढेका थिए।
बिक ककनी गाउँपालिका वडा-७ बाट अहिले पारीपट्टि लिखु गाउँपालिका वडा-३ मा पुग्न लागेको जयबहादुर तामाङले बताउनु भयो ।
उनलाई प्रहरी प्रशासन र स्थानीय बासिन्दाहरु उद्धार गर्न प्रयासरत छन्।
उनी उक्त पोलमा चढेपछि नेपाल विद्युत प्राधिकरणले त्रिशुली- ३ ए को उत्पादन नै बन्द गरेको छ।





प्रतिक्रिया