अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको स्मरण- अस्पतालमा हुँदा जाँच्नुभन्दा पहिले डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउँथे

एमाले अध्यक्ष ओलीको स्मरण- अस्पतालमा हुँदा जाँच्नुभन्दा पहिले डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउँथे


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा उपचारमा संलग्न डाक्टर, नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गराउनु भएको छ ।

स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईँहरूको सिर्जनाको के अर्थ हुन्छ ?  म अप्रेसन गरेर आइसियुमा बसेको थिएँ । तर त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर नर्स र त्यहाँ काम गर्ने सबैले गीत गाउनै पर्ने र सुनाउनै पर्ने भनेर लगाउँथे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउनुपर्थ्यो किनकि बिरामीसँग झगडा गर्न हुँदैन गाउनै पर्ने थियो ।’

अध्यक्ष ओलीले काममा व्यस्त भए पनि डाक्टर चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उनीहरू काममा व्यस्त हुन्थे तर मैले तिमीहरूले गीत गाउनै पर्छ भन्थे । डाक्टर जाँच्न आउँछ पहिले एउटा गीत सुनाउनुस् अनि मात्रै जाँच्ने भन्थे । नर्सले कुनै इन्जेक्सन लगाउनु छ भने पहिले गीत भन्थे । जाने पनि नजाने पनि डाक्टर नर्सहरूले गीत गाउँथे ।’

अध्यक्ष ओलीले ‘सालको पात टपरी हुने’ गीत डाक्टर, नर्सहरुले सुनाउने गरेको बताउनु भयो ।