अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियामा हावाहुरीले रुख ढलेर किच्दा एक बालकको मृत्यू,दर्जनौं घरका छाना उडायो

बर्दियामा हावाहुरीले रुख ढलेर किच्दा एक बालकको मृत्यू,दर्जनौं घरका छाना उडायो


बर्दिया- बर्दियाको मधुवन- ७ मा हावाहुरीले ढालेको रुखले किच्दा १२ वर्षीय बालकको मृत्यु भएको छ।
शनिबार साँझ आएको हावाहुरीले रुख ढाल्दा मधुवन- ७ का अमृत थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। बाख्रा चराउन जंगल गएका अमृत घर फर्किंदै गर्दा हावाहुरीमा परेका हुन्। उनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ। शनिबार साँझ आएको शक्तिशाली हावाहुरीले बर्दियामा दर्जनौं घरका छाना उडाएको छ। हावाहुरीमा परेर सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

हावाहुरीले बिजुलीका पोलहरु ढाल्दा विद्युत प्रशारणसमेत बन्द भएको छ।