अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा डा. राजन भट्टराई

एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा डा. राजन भट्टराई


काठमाडौं -एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा आगामी दुई वर्षका लागि नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित हुनुभएको छ ।
चेक रिपब्लिकको राजधानी प्रागमा शनिवार सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गर्दै आगामी वर्षको एसिया युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम नेपालमा गर्ने निर्णय समेत भएको छ ।

अर्को वर्षको अक्टोबर हुने सोही कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी आइसीएपीपीको स्थायी कमिटी बैठक समेत आयोजना हुने भएको छ ।
विश्वभरका राजनीतिक दल सहभागी सो संगठनमा यसअघि नेपालबाट केपी ओली, झलनाथ खनाल र माधव नेपालले प्रतिनिधित्व गरिसकेका छन् भने अहिले डा. भट्टराई छन् ।

प्रागमको भेलामा करीव ३० देशका विभिन्न पार्टीका प्रतिनिधि सहभागी रहेको भट्टराईले जानकारी दिनुभयो ।