काठमाडौ – नेपालमा मनसुनको प्रभाव क्रमश बढी रहेको छ । प्रदेश १, मधेस, बागमती र गण्डकीका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अन्य प्रदेशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । उल्लेखित प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
अहिले बिहान देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि मौसम सफा रहने पूर्वानुमान महाशाखाले गरेको छ ।





प्रतिक्रिया