अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यलयको बैठक आज,भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने

एमाले केन्द्रीय कार्यलयको बैठक आज,भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने


काठमाडौं- नेकपा एमालेमा चुनावी समिक्षा गर्न पार्टी केन्द्रीय कार्यलयको बैठक आज दिउसो १ बजे बस्ने भएको छ । बैठक केन्द्रीय कार्यलय च्यासलमा बस्ने पार्टी प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
महासचिव शंकर पोखरेलको अध्यक्षता रहेको केन्द्रीय कार्यलयले सचिवालय बैठकका एजेण्डा तय गर्नेछ । सचिवालय बैठक भोली दिउसो १ बजे बस्नेछ । बैठकमा मुख्यतया पार्टीले स्थानीय तहको निर्वाचनमा पाएको सफलता,केही ठाउँमा अन्तरघातका कारण भएको पराजय, एमाले र गठबन्धनलाई खसेको मतको समिक्षा र भावी रणनीति आदिका बिषयमा आधारित रहेर एजेण्डा तय गरिने एमाले स्रोतले जनाएको छ ।