अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विमानस्थलको नयाँ आगमन टर्मिनल भवन शिलान्यास

त्रिभुवन विमानस्थलको नयाँ आगमन टर्मिनल भवन शिलान्यास


काठमाडौं – आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार नयाँ टर्मिनल भवनको शिलान्यास गर्नुभएको हो ।

आन्तरिक ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ।

सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर ९दुईतर्फी ब्याग लिन मिल्ने० बेल्ट हुनेछ।