अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्तर्घात गरेको भन्दै भूमि आयोग अध्यक्ष निरौलासहित चार नेतालाई कारबाही गर्न सिफारिस

अन्तर्घात गरेको भन्दै भूमि आयोग अध्यक्ष निरौलासहित चार नेतालाई कारबाही गर्न सिफारिस


मोरङ – भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालाई कार्वाहीको सिफारिस भएको छ । नेपाली कांग्रेस कानेपोखरी गाउँ कार्य समितिले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलासहित चार नेतालाई कारबाही सिफारिस गरेको हो ।

कांग्रेस मोरङ क्षेत्र-३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाईं र कानेपोखरी उपसभापति भानु फुयाललाई कारबाही सिफारिस गरिएको छ । चारै नेतालाई कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न कानेपोखरी गाउँ समितिले जिल्ला समितिलाई पत्र पठाएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट कानेपोखरी गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई असहयोग गरेको आरोप अध्यक्ष निरौलामाथि छ । आफूलाई चुनाव हराउन उनीहरुले भूमिका निर्वाह गरेर असहयोग गरेको भन्दै अध्यक्षका उम्मेदवार भट्टराईले कानेपोखरी गाउँपालिका समितिमा उजुरी दिनुभएको थियो । सोही आधारमा कार्वाहीको सिफारिस गरेको समितिले जनाएको छ ।

चुनावमा आफ्ना उम्मेदवारलाई मत नदिन र विभिन्न रुपमा उम्मेदवारलाई असहयोग गरेको देखिएको छ,’ कानेपोखरी कांग्रेसले जिल्ला कमिटीलाई पठाएको कारबाही सिफारिस पत्रमा भनिएको छ, ‘चारै जनालाई कांग्रेसको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गर्दछौं ।’