अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीको मोहन्यालका अध्यक्ष उपाध्यायले जिसस निर्वाचनमा मतदान गर्न नपाउने

कैलालीको मोहन्यालका अध्यक्ष उपाध्यायले जिसस निर्वाचनमा मतदान गर्न नपाउने


कैलाली – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन आग्रह गरेको छ ।

‘…भ्रष्टाचारको आरोपमा मुद्दा चलेकामा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ’ आयोगका उपसचिव लक्ष्मी शर्माले लेखेको पत्रमा भनिएको छ ।

उपाध्याय अघिल्लो कार्यकालमा मोहन्याल गाउँपालिका–२ को वडाध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला उहाँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएपछि निलम्बनमा पर्नु भएको थियो ।  तर उहाँ ३० वैशाखको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नु भएको थियो र निर्वाचित पनि हुनु भयो ।

उनी निर्वाचित भएपछि अख्तियारले एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको भन्दै निलम्बनमा राख्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।

हेर्नुस् निर्वाचन आयोगको विज्ञप्ति