बुटवल -नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बुद्ध जन्मस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताउनु भएको छ । पद्म चैत्य बिहारको १ सय ८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार समुद्घाटन गर्दै पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताउनु भयो ।
बिस १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौबाट बुटवल आएर बुद्घप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बुद्ध चैत्य स्थापना गरेको भन्ने ईतिहास रहेको छ । पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपुर्वक निर्माण र ढलोटको बुद्धमुर्ति स्थापना गराएका बिहारका संरक्षक बिमल बहादुर शाक्यले बताउनु भयो । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उहाँले बताउनु भयो । बिसं २०५४ सालमा स्थानिय निर्वाचन पछि बिहारलाई थप सौन्दयीकरण गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने गरि विहारको स्थापना भएको बताउनु भयो ।
देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पुजा, दर्शन गर्ने गरेको उहाँको भनाई छ । पद्म चैत्य बिहारमा तिर्थयात्रीहरुको चाप बढ्दै गएपछि दक्षिणतर्फको जग्गा स्थानिय समाजसेवीबाट दान प्राप्त भएको उनले बताए । करीब डेढ कठ्ठा जग्गामा बिहारको पुर्वाधार तयार भएको छ । बौद्ध स्तुपा स्थापना साथै बौद्ध पुस्तकालयलाई थप ब्यवस्थित गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
देशविदेशबाट बुद्धजन्मस्थल लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई पुजाआजा र गासबासको निशुल्क सेवा दिदै आएको बुटवलको पद्य चैत्य बिहारको स्तरोन्नती गरिएको छ । पर्यटकहरुको चाप बढ्दै गएपछि बिहारमा थप भवन निमार्ण गरिएको हो । बुटवलका एक समाजसेवीदाताबाट प्राप्त भएको ११ धुर जग्गामा सुविधासम्पन्न ३ तल्ले भवन निर्माण गरिएको हो ।
बिहार निर्माणका लागि नेपाल सरकार, तराइ मधेस समृद्ध कोषबाट ५० लाख रुपैया, बुटवल उपमहानगरपालिकाबाट १४ लाख ४३ हजार ३ सय ९९ रुपैयाका साथै धेरै दाताहरुको सहयोगमा करीब १ करोड २४ लाख ७४ हजार २ सय ७९ रुपैया लागतमा पुर्वाधार तयार भएको महासचिव दिपक बहादुर बज्राचार्यले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व जनसंख्या तथा स्वस्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ, सासद डा पुरन बज्राचार्य, निवर्तमान मेयर शिवराज सुवेदी, निवर्तमान उपप्रमुख गुमादेवि आचार्य, नेकपा एमाले प्रदेश कमिटिका सदस्य ज्ञानु केसी, भन्ते वजिरश्री महाअष्टबिर, ज्ञानेन्द्र, कबिन्द्र, महेन्द्र, सल्लाहकार जीवन ओझा, बाबुकाजी शाक्य, आनन्द भगत शाक्य रहनु भएको विहार अन्तरगत विभिन्न उपसमितिहरु गठन भएका छन । देशभरमा रहेका १ सय २२ वटा समुहले बौद्ध दर्शन दर्शाउने भजन, धर्मदेशना दिने बौद्ध युवा ज्ञानमाला संघ गठन भएको अध्यक्ष रमना श्रेष्ठले बताउनु भयो ।





प्रतिक्रिया