अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट वितरणका सन्दर्भमा मन्त्रीहरुले आजदेखि संसदमा जवाफ दिने

बजेट वितरणका सन्दर्भमा मन्त्रीहरुले आजदेखि संसदमा जवाफ दिने


काठमाडौं- बजेट वितरणका सम्बन्धमा साँसदहरुले उठाएका प्रश्नहरुमा आज देखि मन्त्रीहरुले जवाफ दिने भएका छन् । प्रतिनिधीसभाको आजको बैठकबाट विनियोजन विधयेक अन्तरगत विभिन्न मन्त्रालय र विभागका सम्बन्धमा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यसुची छ । यी शिर्षकमा साँसदहरुले बोल्ने पालो सकिएको छ ।

बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आजको बैठकमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुने संसद सचिवालयले जनाएको छ ।

जेठ ३० गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।