अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक: असार २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव

एमाले सचिवालय बैठक: असार २ र ३ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव


काठमाडौं – नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिन प्रस्ताव गरिएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव गरिएको हो ।

उक्त प्रस्तावमा आउँदो २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ ।

अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा र पद्मा अर्याल लगायतको उपस्थिति रहेको छ ।