अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता


काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ।

सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ कोटेश्वर निवास पुग्नु भएको हो ।

अमेरिकी सैन्य सम्झौता गर्ने प्रस्ताव नेपाली सेनाले अस्वीकार गरिसकेको छ। 

अमेरिकी सेनाले राखेको सैन्य सम्झौता प्रस्ताव लगायत विषयले हाम्रो राष्ट्रियता कमजोर पार्ने प्रयास भएको छ, त्यहीबीचमा उहाँहरूबीच छलफल भएको हो ।

माओवादी नेता श्रेष्ठले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नु भएको थियो ।