अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगर विमानस्थलपीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

विराटनगर विमानस्थलपीडितद्वारा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन


विराटनगर – विराटनगर-४ का विमानस्थल प्रभावित साढे तीन सय परिवार मुआब्जा वा जग्गा फुकुवाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यलय अगाडी केहीबेर धर्ना दिएर सडक आन्दोलन गरेका हुन् ।

उनीहरुले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै एकसाता भित्रमा मुआब्जाको व्यवस्था वा घर जग्गा फुकुवा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विमानस्थलको स्तरोन्नती गर्ने भन्दै सरकारले आसपासका साढे तीनसय परिवारको १२६ विघा जमिन र घर दुई वर्षदेखि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि दुईवर्ष सम्म बजेटको व्यवस्था नगरेपछि उनीहरु सडकमा उत्रिएका हुन् ।