अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन सक्छ : देव गुरुङ

आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुन सक्छ : देव गुरुङ


काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनु भएको छ ।

संसद भवन परिसरमा आज सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा गुरुङले माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी ओली शर्माबीच बालकोटमा भएको भेटको सन्दर्भमा यस्तो बताउनु भएको हो ।  

माओवादी प्रमुख सचेतक समेत रहेका गुरुङले एमाले अध्यक्ष ओली र नेता श्रेष्ठबीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि सामान्य रुपमा लिनुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ ।’ 

उहाँले राष्ट्रिय स्वाधीनताको सवालमा निकट विचारको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राख्नुभयो ।

नेता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच आइतवार बालकोटमा भेट भएको थियो। त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि श्रेष्ठले सोमबार भेट गर्नु भएको छ ।