ललितपुर- नेकपा एमालेले माओवादी केन्द्रले आफूहरुलाई देखाएर काँग्रेससँग सिटको बार्गेनिङ गरिरहेको निष्कर्ष निकालेको छ ।
सचिवालय बैठकपछि उपमहासचिव प्रदिप ज्ञवालीले अहिले वाम गठबन्धनको कुनै सम्भावना नरहेको प्रतिक्रिया दिनुभएको छ । अहिले केही माओवादी नेताहरुसँग एमालेका नेताहरुको भेटघाट चलिरहेपनि त्यो गठबन्धन भन्दा फरक विषयका लागि भएको उहाँले बताउनुभयो । ‘अहिले हाम्रा र कतिपय माओवादीका नेताका बीच भेटघाट चलेको हो तर यो वाम गठबन्धनका लागि होइन अरु नै राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्नका लागि हो’ ज्ञवालीले भन्नुभयो ।
उहाँका अनुसार एमालेले प्रचण्डलाई वा माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुरा पनि १०० प्रतिशत नै असत्य रहेको बताउनुभएको छ । एमाले अहिले कसैले प्रधानमन्त्री अफर गरेर अलमलिने पक्षमा नरहेको ज्ञवालीको भनाइ छ ।





प्रतिक्रिया