अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय राजनीतिको बारेमा प्रशिक्षण दिने

एमालेले निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय राजनीतिको बारेमा प्रशिक्षण दिने


काठमाडौं – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट निर्वाचित प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षलाई असार २ र ३ गते प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार सम्पन्न सचिवालय बैठकले उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको खाका तयार पारेको हो ।

एमालेका उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने दुई दिने प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा समृद्धिका आधारशिला कसरी तलैबाट तयार गर्ने, समाजवादको आधार कसरी तयार गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा कसरी योगदान गर्ने भन्नेबारे प्रशिक्षण दिन लागिएको हो ।

उहाँले समग्र राष्ट्रिय राजनीतिको बारेमा पनि प्रशिक्षण दिइने जानकारी दिनुभयो । प्रशिक्षणमा एमालेबाट जितेका २०५ प्रमुख तथा अध्यक्ष र २४० उपप्रमुख तथा उपाध्यक्ष सहभागी हुने उहाँले बताउनु भयो ।