अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोली देखि आइतबारको विदा कटौती,कर्मचारीले अब कति घण्टा काम गर्नु पर्छ ?

भोली देखि आइतबारको विदा कटौती,कर्मचारीले अब कति घण्टा काम गर्नु पर्छ ?


काठमाडौं- हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज भएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि परिक्षणका लागि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको जनाएको हो । दुई दिने बिदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय पनि परिवर्तन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

असार १ देखि लागू हुने गरी बिहान १० बदेखि साँझ ५ बजेसम्म समयावधि कायम गरिएको छ । असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म कार्यालय समय रहनेछ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको गृहले जनाएको छ ।

शुक्रबार भने कार्यालयको समय बिहान १० देखि दिउँसो ३ बजेसम्म रहनेछ ।