अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

झापाको मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक


झापा – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ ।

नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।