अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोलिदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने

भोलिदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने


काठमाडौं – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गते अर्थात् भोलि बुधबारदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिनु भएको हो ।

प्रवक्ता पौडेलले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहे पनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने छ । विवाह वा अन्य कुनै कारणले अर्को जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयाँ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने छ।’

हेर्नुस् विज्ञप्ति