अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मंसीरको पहिलो हप्ता प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी

मंसीरको पहिलो हप्ता प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने आयोगको तयारी


काठमाडौं – निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्ने गरी तयारी गरेको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताउनु भयो ।

चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उहाँले बताउनु भयो ।  शर्माले आगामी चुनावबारे सरकारसँग छलफल नभएको र छिट्टै सरकारसँग भेटघाट हुने पनि बताउनु भयो । विदेशमा रहेका नागरिकलाई मतदान गर्न दिनसक्ने अवस्था नभएको बताउनु भयो ।