काठमाडौं – साझा विवेकशीलका पूर्वनेता समेत रहेका डा. सूर्यराज आचार्यले आगामी मंसिरमा हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लाग्नुभएको छ ।
चितवन ३ नम्बर निर्वाचन क्षेत्र घर भएका आचार्य पछिल्लो समय चितवनमा निकै सक्रियता बढाउनु भएको छ । चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र व्यक्तिहरुले धमाधम उम्मेदवारी दिने घोषणा गरिरहेका छन् । पछिल्लो समय काठमाडौंबाट चुनाव लड्ने घोषणा गर्ने स्वतन्त्र उम्मेदवारको लहर नै चल्न थालेको छ ।
चुनावको मिति नै घोषणा नभइ स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा गर्न थालेपछि कतिपयले दलहरूको भविष्यमाथि नै चिन्ता प्रकट गर्न थालेका छन् । तर दलका नेताहरुले भने दलको विकल्पमा स्वतन्त्र व्यक्तिहरु हुनै नसक्ने दावी गर्दै आएका छन् ।





प्रतिक्रिया