अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावी तालमेल सम्मानजनक र परिणाम गतिलो आएन : झलनाथ खनाल

चुनावी तालमेल सम्मानजनक र परिणाम गतिलो आएन : झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँच दलबीच भएको चुनावी तालमेल असफल भएको बताउनु भएको छ ।

नेकपा एसको स्थायी कमिटीबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता खनालले तालमेल सम्मानजनक नभएकाले परिणाम पनि नआएको बताउनु भएको हो ।

नेता खनाल भन्नुहुन्छ, ‘पाँच दलको बीचमा जुन ढंगले सम्मानजनक एकता हुनुपर्ने थियो । त्यो भएन । आउनुपर्ने परिणाम आएन। अब यसबाट हामीले के शिक्षा लिने भन्नेमा छलफल भइराछ ।’

नेता खनालले बैठकमा स्थानीय निर्वाचनको समीक्षा सुरु भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन सम्बन्धमा समीक्षासम्बन्धी प्रतिवेदन पेस भएको छ । त्यसमा छलफल सुरु भएको छ ।’