अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनमा इमान्दारिता देखिएन : अध्यक्ष नेपाल

गठबन्धनमा इमान्दारिता देखिएन : अध्यक्ष नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।

आज स्थायी कमिटी बैठकमा आफ्नो प्रतिवेदन पेस गर्नुहुँदै अध्यक्ष नेपालले गठबन्धनमा कांग्रेस र माओवादीले अनौठो व्यवहार देखाएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष नेपाल भन्नुहुन्छ, ‘स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी दुई दल मिले अरू किन चाहियो ? भन्ने व्यवहार समेत देखायो। हामीले चाहेर मात्रै गठबन्धन हुँदैन। तर अब गठबन्धन हुँदा आत्मसम्मान जोगाउने गरी इज्जतिलो गठबन्धन हुनुपर्छ ।’