अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज बजेट पास गर्ने,भोली मन्त्री फेर्ने गठबन्धनको तयारी

आज बजेट पास गर्ने,भोली मन्त्री फेर्ने गठबन्धनको तयारी


काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पास गर्ने सत्ता पक्षको तयारी छ ।
आजको कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक वर्ष २०७९र८० को बजेट प्रतिनिधि सभाको आजको बैठकबाट पारित गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै हिजो संसद् अवरोध गरेको थियो । आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ ।
आज बजेट पास गरेर भोली नै मन्त्रिपरिषद फेरबदल गर्ने गठबन्धनको तयारी छ । माधव नेपालले साता अघि नै आफ्ना पार्टीका चारजना मन्त्रीलाई फिर्ता बोलाएर अन्य चारजनालाई मन्त्री बनाउन सिफारिस सहित प्रधानमन्त्रीलाई पठाउनुभएको छ । यस्तै माओवादीबाट पनि मन्त्री फेरबदलको चर्को दबाब छ । अब थपिने मन्त्रीमा वर्षमान पुन,शक्ति बस्नेत लगायत रहेको स्रोतले जनाएको छ ।