अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा

प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उभिएर जवाफ दिनुपर्छ : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनै पनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले तत्काल उभिएर आफ्नो कुरा प्रष्ट राखेको छ । नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन पाउँदैन् । शक्ति राष्टसँग मिलेर काम काम गर्ने हो । उनीहरूले यो गर, गर कभनेर कसैले भनेको सुन्ने होइन । प्रधानमन्त्रीले यस्तो सम्झौता नेपालले गर्दैन भनेर आफ्नै शैलीमा हुँदैन हुँदैन हुँदैन भनेर जवाफ दिनुपर्छ ।’

प्रधानमन्त्रीले संसदमा जवाफ दिएपछि एसपीपीबारेका भ्रम र आशंकाहरूका प्वाल बन्द हुने उहाँले बताउनुभयो ।