अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसपीपीले गरेको प्रस्ताव नेपालले स्वीकार्ने हो भने युक्रेनकै जस्तो हुनसक्छ : झलनाथ खनाल

एसपीपीले गरेको प्रस्ताव नेपालले स्वीकार्ने हो भने युक्रेनकै जस्तो हुनसक्छ : झलनाथ खनाल


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेनासमक्ष प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) अस्वीकार गर्नुपर्ने बताउनु भएको छ ।

नेता खनालले भन्नुहुन्छ, ‘सञ्चार माध्यममा आए जस्तो एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको छ ।’

सम्मानित नेता खनालले अमेरिकाको यो प्रस्तावलाई अस्वीकार गरेर राष्ट्रको स्वतन्त्रतान बचाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्चपासि गर्नेछन् भन्ने हल्ला थियो तर अहिले प्रकट रूपमा आएको यो प्रस्तावले त्यही कुरालाई पुष्टि गर्न थालेको छ । हामी सबै होसियार बनौं, सचेत बनौँ र आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं।’

सबै राजनीतिक पार्टी र जन संगठनले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ र यस्ता प्रस्तावलाई सरकारले ठाडै अस्वीकार गर्नुपर्ने नेता खनालले आग्रह गर्नुभयो ।