रुपन्देही – नेकपा एमालेका महासचिव शंकर पोखरेलले बहालवाला मन्त्री आफ्ना सुरक्षाकर्मीको साथमा सर्वसाधारण व्यक्तिको घरमा पुगेर कुटपिट, तोडफोड र अभद्र व्यवहारमा संलग्न हुँदासमेत दुई दिनसम्म सरकारको आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताउनु भएको छ ।
महासचिव पोखरेल भन्नुहुन्छ, ‘मौन बस्नु नै यस्ता गलत कामलाई ढाकछोप गर्ने रणनीति बनाउनका लागि हो, यो सामान्य विषय होइन, आमनागरिकले सबै बुझिसक्दा समेत सरकारले लुकाउन खोज्नु आफैंमा रहस्यमय छ ।’
एमाले लुम्बिनीले मंगलबार नै महिला र बालिकामाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बर्खास्त गर्न माग गरेको थियो ।
संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई नैतिकताको आधारमा मंगलबारै मितिदेखि वलीलाई बर्खास्त गर्न आग्रह गरेको हो ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले यो उहाँहरूको व्यक्तिगत विषय भएको प्रतिक्रिया दिएका छन् ।





प्रतिक्रिया