अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिमलाका कारण लुम्बिनी प्रदेशसभा स्थगित

बिमलाका कारण लुम्बिनी प्रदेशसभा स्थगित


बुटवल- स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।
बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गर्नुभएके छ । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको छ ।

यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो ।