काठमाडौं – आज ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरका लागि सम्झौता हुने भएको छ । १००/१०० को अनुपातमा ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जर प्रकृया हुन लागेको हो ।
यी दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरि आज नै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
हाल ग्लोबल आइएमईको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बैंक अफ काठमाडौंको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । हाल ग्लोबल आइएमई बैंक नेपालको सर्वाधिक ठुलो बैंक हो ।
प्रतिक्रिया