नयाँ दिल्ली – भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा १२ हजार २१३ जना संक्रमित फेला परेका छन् भने ११ जनाको मृत्यु भएको छ।
सोही अवधिमा भारतमा ७ हजार ६२४ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ४ करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ ।
भारतको सरकारी तथ्यांक अनुसार हाल कोरोना संक्रमितको संख्या ५८ हजार २ सय १५ छ । हालको संक्रमणमुक्त दर ९८.६५५ छ भने दैनिक संक्रमण हुने दर २.३५५ र साप्ताहिक संक्रमण दर २.३८५ छ।
दिल्लीमा पनि बढ्दै
बुधबार दिल्लीमा कोरोनाका १ हजार ३७५ नयाँ संक्रमित भेटिएका छन् । दिल्लीमा संक्रमण दर ७.०१ प्रतिशत रहेको छ। बुधबार दिल्लीमा संक्रमणका कारण मृत्यु भने भएको छैन ।
नयाँ संक्रमित थपिएपछि दिल्लीमा कुल संक्रमितको संख्या १९ लाख १५ हजार ९०५ पुगेको छ । दिल्लीमा हालसम्म कोरोनाबाट २६,२२३ को मृत्यु भएको छ।
प्रतिक्रिया