अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडासचिव पुरुष नै चाहिन्छ भन्ने वडाध्यक्षद्धारा क्षमायाचना

वडासचिव पुरुष नै चाहिन्छ भन्ने वडाध्यक्षद्धारा क्षमायाचना


काठमाडौं – वडासचिव पुरुष नै चाहिन्छ भन्दै नगरपालिकालाई पत्र पठाउने वडाध्यक्ष अर्जुन कुमार पुरीले माफी माग्नुभएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० का वडाध्यक्ष पुरीले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गर्नुभएको थियो ।

महिला कर्मचारीमाथि विभेद गरेको भन्दै चौतर्फी आलोचना भएपछि बिहीबार उनले विज्ञप्तिमार्फत क्षमायाचना गर्नुभएको हो ।

उक्त वडामा नगरपालिकाले सुशीला दाहाललाई सरुवा गरे पनि वडाले हाजिर नगराई पुरुष कर्मचारी माग गर्ने निर्णय गरेको थियो ।