अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीभित्रका सकुनीहरुले चुनाव हराए : अध्यक्ष ओली

पार्टीभित्रका सकुनीहरुले चुनाव हराए : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताउनुभएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आज आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको जनाउनुभयो ।
‘हामी निराश हुनुपर्ने स्थिती छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई हराउन हाम्रा विरोधी सक्दैनन्, हाम्रै भित्रबाट सकुनीहरु निस्कीए, हाम्रै भित्रबाट मिर्जाफर निस्के, मिरकाशिम निस्के ।’ स्थानीय चुनावको परिणामको समिक्षा गर्दै उहाँले एमालेको स्थिती कमजोर नभएको दाबी गर्नुभयो ।

पाँच दलिय गठबन्धनको सरकारले चुनवामा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उहाँले यस्तो २०१५ सालयता कहिल्यै नदेखेको बताउनुभयो । ‘तपाईँहरु पार्टीको कार्यकर्ता हो । तपाईँहरुको काम मार्फत अब जनताले पार्टी हेर्छ । त्यसैले अनुकूल हुँदा मात्र होइन प्रतिकूल हुँदा पनि निष्ठावान कार्यकर्ता भएर देखाउनोस्,’ उहाँले थप्नुभयो ।