अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसपीपीका बारेमा राजेन्द्र क्षत्रीले लेखेको पत्रका बिषयमा सैनिक मुख्यालयमा आकस्मिक बैठक

एसपीपीका बारेमा राजेन्द्र क्षत्रीले लेखेको पत्रका बिषयमा सैनिक मुख्यालयमा आकस्मिक बैठक

पत्रको आधिकारिकता पुष्टी भएमा क्षत्रीलाई कोर्ट मार्सल लगाइने


काठमाडौं- केपी शर्मा ओली अघिल्लो पहिलो पटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम ,एसपीपी सम्झौता अघि बढाउन भन्दै सन् २०१५ मा लेखिएको शंकास्पद पत्र सार्वजनिक भएपछि जंगी अड्डाले आकस्मिक छलफल थालेको छ।
एसपीपी सम्झौताबारे प्रक्रिया शुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी भविष्यमा पनि कसैसँग साझेदारी नगर्ने प्रतिवद्धता जनाएकै भोलिपल्ट क्षत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि जंगी अड्डामा आकस्मिक छलफल थालिएको हो।
क्षत्रीले एसपीपी अघि बढाउन अमेरिकी राजदूत अलाइना बी. तेप्लिजलाई पठाएको भन्दै बिहीबार एउटा शंकास्पद पत्र बिहीबार बाहिरिएको हो।
१० कार्तिक २०७२ मा तत्कालीन अमेरिकी राजदूत तेप्लिजलाई लेखेको भनिएको उक्त पत्रको पुष्टि भएमा जंगी अड्डाले क्षत्रीमाथि कारबाही अघि बढाउने सम्भावना रहेको सैनिक ुमख्यालय स्रोतले जनाएको छ ।