अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनाले भन्यो : अमेरिकालाई पत्र भूकम्पको उद्धार सहयोगका लागि लेखिएको हो

सेनाले भन्यो : अमेरिकालाई पत्र भूकम्पको उद्धार सहयोगका लागि लेखिएको हो


काठमाडौं -नेपाली सेनाले सन् २०१५ मा अमेरिकालाई लेखेको पत्रका बारेमा स्पष्टीकरण दिँदै त्यसबेला विशेष परिस्थिति भएको जनाएको छ ।

नेपालमा गएको भूकम्पपछि विश्वका कैयौँ देशसँग सहयोगका लागि आग्रह गरिएको उल्लेख गर्दै नेपाली नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भन्नुभयो “आज जंगी अड्डाको आकस्मिक बैठक बसेको छैन । तर सार्वजनिक भएको पत्र सन् २०१५ मा भूकम्प गएपछि नेपालले सबैतिर सहयोग माग्दा लेखिएको पत्र हो । त्यसबेला अमेरिकासँग पनि मागेको हो । त्यहाँ सहयोग माग्ने क्रममा पत्र लेखिएको हो । उनीहरुको अनुभवका कारण सहयोग लिन खोजेको हो । त्यो बेलामा आईपीएस पनि थिएन । अहिलेको अवस्थामा फरक तरिकाले व्याख्या गरिएको छ । अहिलेको अवस्थालाई हामीले राम्रोसँग बुझेका छौं ।”

सिलवालले अमेरिकाका लागि लेखिएको पत्र आधिकारिक भएको बताउनुभयो । ।