अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनवलको तुरिया खोलाको डाइभर्सन बाढीले बगायो,पूर्वपश्चिम यातायात बन्द

सुनवलको तुरिया खोलाको डाइभर्सन बाढीले बगायो,पूर्वपश्चिम यातायात बन्द


सुनवल- पूर्व–पश्चिम राजमार्गको बुटवल–सुनवल खण्ड अवरुद्ध भएको छ । सुनवल नगरपालिकामा पर्ने तुरिया खोलाको डाइभर्सन बाढीले बगाएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको हो ।

गए राति परेको भारी वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि रातिदेखि नै सवारी आवागमन रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खोलामा पानीको मात्रा घटेपछि डाइभर्सन बनाउन शुरु गरिने भएकाले सडक सुचारु हुन केही घण्टा लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनबहादुर खांणले जानकारी दिनुभयो ।

उक्त सडक अवरुद्ध भएकाले पूर्वबाट आउने सवारी साधनहरु भुमही–परासी सडक खण्ड हुँदै र बुटवलबाट पूर्वतर्फ जाने सवारी साधनहरु भैरहवा–परासी हुँदै आउ–जाउ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।