काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्माले एसपीपीको लागि अमेरिकालाई पत्र लेखेको तर उक्त पत्र सेनाले महाभूकम्प जाँदा विपद् व्यवस्थापन सहयोगको लागि मात्र लेखेको प्रष्टीकरण दिनुभएको छ ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितीमा आज पत्रका बारेमा साँसलहरुलाई शर्माले भन्नुभयो पत्र सेनाले लेखेको हो ।यो कस्तो बेलामा लेखिएको हो भने २७ देशबाट सैनिक सहायता लिएकोमा अमेरिकाको एसपीपीसँग पनि लिएका हौँ । त्यसबेला हामी विपदमा पर्दा सैनिक र गैरसैनिक सबैसँग सहयोग मागेर लेखेको हो ।
उक्त पत्र लेख्दैमा सैन्य एलायन्ससमेत नहुने शर्माले अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई स्पष्ट पार्नुभएको छ ।





प्रतिक्रिया