अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खगराज अधिकारीको सदनमा प्रश्न : सेनाले कसको स्वीकृतिमा एसपीपीबारे पत्र पठाएको हो ?

खगराज अधिकारीको सदनमा प्रश्न : सेनाले कसको स्वीकृतिमा एसपीपीबारे पत्र पठाएको हो ?


काठमाडौं – सांसद खगराज अधिकारीले एसपीपीको सम्बन्धमा सेनाले कसको स्वीकृतिमा पत्र पठाएको भन्दै प्रश्न गर्नुभएको छ । शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद अधिकारीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाउनुभएको हो ।

पत्र नहेरिकन नैतिकताको पाठ सिकाउने मन्त्रीलाई एसपीपीका विषयमा जवाफ दिन सभामुखमार्फत उहाँले चुनौती पनि दिनुभयो । भन्नुभयो,’ पत्र नहेरिकन नैतिकताको पाठ सिकाउने मन्त्रीलाई सभामुखमार्फत चुनौती दिन चाहन्छु । एसपीपी पत्र सुशिल कोइरालाको पालमा भएको हो भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’

उहाँले थप्नुभयो, ‘छानविन गर्न तयार छौं, माननीयज्यूहरु तयार हो । रक्षा मन्त्रालय तपाईको मातहतमा छ । त्यतिबेला सुशिल कोइरालाले लेखेको पत्र यहाँ ल्याउन म चुनौती दिन चाहन्छु । केपी ओलीको पत्र छ भने कि तपाईले छोड्नुपर्यो की मैले छोडन तयार छु । तपाई जान्नुहोस् सुशिल कोइरालाको पत्र भएको कुरा जानकारी गराउन चाहन्छु ।’