अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकिकृत समाजवादीबाट ठूलो समूह एमालेमा फर्कियो

एकिकृत समाजवादीबाट ठूलो समूह एमालेमा फर्कियो


रामेछाप -नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश कमिटी सदस्य एवं खाँडादेवी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार श्याम कृष्ण श्रेष्ठसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन्।
देशमा बामपन्थी एकता आवश्यकता रहेको र त्यसको नेतृत्व नेकपा एमालेबाट मात्रै सम्भव रहेको भन्दै उनीहरुले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै एमाले प्रवेशको घोषणा गरेका हुन्।

स्पष्ट बहुमत रहेको पार्टी फुटाएर ठूलो गल्ती गरेको र नेतृत्व गैर कम्युनिस्टको हातमा पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउन खोजिरहेको र कम्युनिस्टहरू विभाजन हुँदै गठबन्धनको राप अलापी रहनु दुखद रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

व्यक्तिगत स्वार्थ, कुण्ठा, तिक्तता, अहंकार र अनुशासित भएर एमालेमा फर्केको पनि जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

एकीकृत समाजवादी परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा बागमती प्रदेश सदस्य श्यामकृष्ण श्रेष्ठ, रामेछाप जिल्ला उपसचिव तिलक कार्की, सचिवालय सदस्यहरू चेतबहादुर मगर, प्रेम कृष्ण श्रेष्ठ, मिना दाहाल र जिल्ला कमिटी सदस्य रमेश घिसिङलगायत अन्य आठ जनाले एमाले प्रवेश गरेको नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीले जनाएको छ।