काठमाडौं -नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको विरुद्धमा उभिनु भएको छ । आज सम्पादकहरुसँग काठमाडौंमा अन्तरक्रिया गर्दै नेपालले गठबन्धनको बलमा चुनाव जित्ने सोचाइ त्याग्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ ।
नेपालले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
‘गठबन्धनको गीत गाउन बन्द गर्नुस्। आफ्नो खुट्टामा उभिनुस्’ नेपालको भनाइ थियो , ‘संगठन निर्माणमा जोड दिनुस्। एक्लै चुनाव जित्ने गरी तयारी गर्नुस्।’
नेता नेपालले अहिलेको स्थानीय चुनावमा भन्दा आगामी संघीय र प्रदेशको चुनावमा राम्रो मत ल्याउने दाबी गर्नुभएको छ ।





प्रतिक्रिया