अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुबईका राजकुमारको कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयको सर्कुलर

दुबईका राजकुमारको कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयको सर्कुलर


झापा- मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा झापा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरिएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका उनी अहिले झापामा छन् ।
प्रहरी प्रधान कार्यालयले उनी सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आइतबार बिएण्डसी मेडिकल कलेजमा आयोजित कार्यक्रममा सहभागी शेख मोहम्मदले सुरक्षाको कारण केचनावल लगायत दुई ठाउँमा जाने कार्यक्रम रद्ध गरेका थिए । सोमबार शेख मोहम्मद पोखरा जाँदैछन् । परराष्ट्र मन्त्रालयको आग्रहमा उनको सुरक्षा व्यवस्था कडा बनाउन सर्कुलर गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए ।

सरकारले राजकुमारको औपचारिक कार्यक्रम रोकेको हल्ला चलेपनि त्यसबारे आफुलाई थाहा नभएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पतिक्रिया दिनुभएको छ । ।