अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक बस्दै


काठमाडौं – प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यासूची छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन् । यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नुहुनेछ । मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ ।