अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा अन्तरघात एक्सन् : कैलालीका अध्यक्षलाई तीन दिने स्पष्टिकरण

एमालेमा अन्तरघात एक्सन् : कैलालीका अध्यक्षलाई तीन दिने स्पष्टिकरण


काठमाडौं -स्थानीय तहको निर्वाचनमा आफ्नै उम्मेद्वारलाई हराउने खेल एमालेका नेताहरुले नै गरेको भनेर विभिन्न जिल्लाबाट उजुरीहरु आइरहेका छन् । तिनको गहन अध्ययन भइरहेकै बेला कैलाली जिल्लामा भने अन्तरघात विरुद्धको एक्सन सुरु गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज नारदमुनी रानाले जिल्ला अध्यक्ष रतन थापालाई जिल्लाका विभिन्न उम्मेदवार हराउन भूमिका निर्वाह गरेको भन्दै स्पष्टिकरण दिन काट्नु भएको छ । पार्टी अध्यक्ष थापाले निर्वाचनमा एमलेले एक सिट पनि जित्दैन भन्दै हिडेको,ममता प्रसाद चैधरी,महादेव बजगाईं र जुना चौधरीलाई हराउछु भनेर सार्वजनिक ठाउँमा भन्दै हिडेको किन भनेर स्पटिकरण सोधिएको छ । यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई व्यक्तिगत लाञ्छना लगाएको महासचिव शंकर पोखरेल देखि केन्द्रीय सदस्य कमला ओलीसम्मका नेतालाई राजिनामा दिन लगाउछु भन्दै चुनाव माहोल भाँडेको लगाएका आरोप लगाउदै त्यसको स्पष्टिकरण माग गरिएको छ ।
कैलाली २ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थापालाई तीनदिन भित्र चित्त बुझ्दो स्पष्टिकरण नदिए पार्टी विधान बमोजिम कार्यबही प्रक्रिया अघि बढाइने इन्चार्ज रानाले जानकारी दिनुभयो ।
पार्टी स्रोतका अनुसार अन्य जिल्लाहरुम पनि नेतृत्वबाट भएका अन्तरघातको एक्सन लिन नेतृत्वलाई तिव्र्र दबाब परेको छ ।