काठमाडौं -सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौता नगर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको समाज कल्याणमन्त्री उमा रेग्मीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउने निर्णयसमेत गरेको छ ।
एसपीपी अमेरिकी सैन्य रणनीति इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको भन्दै त्यसमा नेपाल सहभागी हुन नहुने विषय जोडतोडका साथ उठेको थियो ।





प्रतिक्रिया