अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिलको आन्दोलनमा प्रहरी दमन बरिष्ठ उपाध्यक्ष लामिछाने सहित १३ जना भन्दा बढी घाइते

अखिलको आन्दोलनमा प्रहरी दमन बरिष्ठ उपाध्यक्ष लामिछाने सहित १३ जना भन्दा बढी घाइते


काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले निर्मम दमन गरेको छ । एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले मूल्यबृद्धिको बिरोधमा आज निकालेको राँके जुलुसमाथि त्रिचन्द्र कलेज अगाडि प्रहरीले दमन गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुवका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेसहित एक दर्जन बढी विद्यार्थी घाइते भएको अनेरास्वबियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

यसअघि आइतबार नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २१ रुपैयाँ मूल्य बढाएको थियो। अन्य पेट्रोलियम पदार्थको मूल्य पनि भारी मात्रामा बढाइएको छ।