अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदका दुवै सदनका बैठक दिउसो १ बजे बस्ने

संसदका दुवै सदनका बैठक दिउसो १ बजे बस्ने


काठमाडौं -संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ।

मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक, २०७९ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै खाँणले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।

कृषि तथा पशुपंक्षि विकासमन्त्री महेन्द्र राय यादवले बिरूवा संरक्षण पहिलो संशोधन विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नेछन्।
त्यस्तै मन्त्री यादवले बीउबिजन दोस्रो संशोधन विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।