अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालापानी र लिपुलेकको समस्या वार्ताबाट समाधान गरौं : ज्ञवाली

कालापानी र लिपुलेकको समस्या वार्ताबाट समाधान गरौं : ज्ञवाली


काठमाडौं -नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेलामौकामा राष्ट्रिय हितमा चुनौतीहरू देखा पर्ने गरेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा आफ्ना विचार राख्दै ज्ञवालीले पछिल्लो समय नेपालमा विश्वमा देखिएका भूराजनीतिक बदलाव र त्यसका बाछिटाहरू देखिन थालेको बताउनुभएको छ ।
ुभारत र चीनबीचको चिसिँदो सम्बन्ध, चीन र अमेरिकाबीचको व्यापार युद्धका बीचमा हामीले आफूलाई कसरी अगाडि बढाउने भन्ने चुनौती छ ज्ञवालीले भन्नुभयो। पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक कूटनीतिक संवादमार्फत समाधान हुनुपर्ने पनि बताउनुभयो ।

ुअहिलेको मुख्य चासो राष्ट्रिय हितमा बेलामौकामा आउने चुनौतीहरू कसरी सामना गर्छौँ भन्ने छ । इतिहासले छाडेका वा भारी बोकाएका समस्याहरू समाधान गर्नु छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवाद सार्थक वार्तामार्फत समाधान गर्नुपर्नेछ । यसो भनिरहनु भारतको विरोध गर्नु पनि हैन र उग्र राष्ट्रवाद पनि हैन,ु उनले भने ।

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् ।