काठमाडौं – पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ ।
नयाँ राजनीतिक यात्राको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले नयाँ पार्टीको घोषणा गर्नुभएको हो । उहाँले उक्त कार्यक्रममा यो देशमा मान्छे रोएको आफूले जति कसैले पनि नदेखेको बताउँदै अब ती आँसु यो पार्टीले पुच्ने बताउनुभयो ।
‘यो देशमा मान्छे रोएको मैलेजति कसैले देखेको छैन । प्रत्येक कार्यक्रममा दैनिक आएर रुनुहुन्थ्यो,” उनले भने, “आम जनताको भीड राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशकहाँ भीड लागेन । किनकि त्यहाँबाट केही लाग्दैन भन्ने जनतालाई लागेको छ ।’
प्रतिक्रिया