अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वायुसेवा सञ्चालकलाई प्राधिकरणले भन्यो -हवाइ सेवामा हड्ताल गर्न मिल्दैन भन्ने नविर्सनु

वायुसेवा सञ्चालकलाई प्राधिकरणले भन्यो -हवाइ सेवामा हड्ताल गर्न मिल्दैन भन्ने नविर्सनु


काठमाडौ- नेपाल वायुसेवा सञ्चालक संघले भोली देखि हवाइ सेवा रोक्ने निर्णय गरेको केही बेरमै नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा रोक्न नमिल्ने चेतावनी दिएको छ ।

संघको निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन गरेर हवाइ क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र भएको सम्झाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भन्नुभयो, ‘धाक धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् ।
प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।