अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल क्रान्तीकारीमा भाँडभैलो,अध्यक्ष पञ्चा सिंहलाई पदमुक्त गर्न माग

अखिल क्रान्तीकारीमा भाँडभैलो,अध्यक्ष पञ्चा सिंहलाई पदमुक्त गर्न माग


काठमाडौ- नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी० को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ ।
संगठनभित्रको विवादबारे रिपोर्टस क्लबमा उपाध्यक्ष पवन कार्की समूहले पत्रकार सम्मेलन गरेर विशेष राष्ट्रिय महाधिवेशनको मागसमेत गरेको छ ।

विद्यार्थी आन्दोलनले आजसम्म सोचेको जति उपलब्धी हासिल गर्न सकेन । विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल क्रान्तिकारी आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको छ’, कार्कीले भन्नुभयो ।

जनसरोकारका मुद्दा उठाउनुपर्ने संगठन नै अराजक गतिविधिमा फसेको भन्दै उनले तत्काल अहिले भएको अवैधानिक निर्णयहरु खारेज गर्नुपर्ने माग गर्नुभएके छ ।

२२औं राष्ट्रिय सम्मेलनले अध्यक्षमा पञ्चा सिंहलाई मात्र जबर्जस्ती निर्वाचित गरेको उनको दाबी थियो । त्यही सम्मेलनबाट सुरू भएको विवाद तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा छताछुल्ल भएको कार्कीको भनाइ छ ।